जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।
बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा माल्दिभ्सले आत्माघाती गोलको उपहार दिएको थियो ।
नेपालका लागि जेनिफर रानामगरले दुई गोल गरिन्। त्यस्तै, मनिषा थापा र विमला चौधरीले समान एक(एक गोल गरे।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग २-२ गोलको बराबरि खेलेको थियो। नेपाली महिला टोलीले अब शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १ माघ २०८२ १८:०२ बिहीबार





