२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

नेपालको निर्वाचन सफल भएकोमा भारतीय प्रधानमन्त्री हर्षित, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधि सभा निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई दिएका छन्। निर्वाचनको नतिजाहरू सार्वजनिक भइरहँदा मोदीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो शुभकामना सन्देश जारी गरेका हुन्।

प्रधानमन्त्री मोदीले नेपाली जनताले आफ्नो लोकतान्त्रिक अधिकारलाई जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुसी लागेको बताएका छन्। उनले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा एक गर्वको क्षण र ‘ऐतिहासिक कोशेढुंगा’ संज्ञा दिएका छन्।

उनले लेखेका छन्, ‘निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु। मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्दा खुशी लाग्छ।’

नेपालको घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत सधैँ साथमा रहने उल्लेख गर्दै मोदीले भनेका छन्, ‘साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा भारत अडिग छ।’

प्रकाशित: २३ फाल्गुन २०८२ २०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App