२५ माघ २०८२ आइतबार
image/svg+xml
कर्पोरेट

गरिमा विकास बैंकको लोगो र छाप परिवर्तन

गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले आजदेखि लागू हुनेगरी लोगो तथा छाप परिवर्तन गरेको हो ।  

बैंकको १९औँ वार्षिक साधारणसभामा सोसम्बन्धी विशेष प्रस्ताव पारित भएश्चात् अन्य आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको हो ।  

परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास विकास बैंकले लिएको छ ।

प्रकाशित: १ माघ २०८२ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App