३ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

साढे दुई लाख ट्विटर अकाउन्टमा ह्याकरको पहुँच

सन फ्रान्सिस्को, माघ २० (एपी) - ट्विटरले साढे दुई लाख अकाउन्टमा ह्याकरहरुले पहुँच बनाएको स्वीकार गरेको छ। मिडिया कम्पनीहरुमा हालैका दिनमा भइरहेको ‍साइबर आक्रमणको शिकार आफू भएको ट्विटरले बताएको छ।

ट्विटरका अनुसार आक्रमण गर्नेहरुले साढे दुई लाख प्रयोगकर्ताहरुको युजरनेम, इमेल ठेगाना र पासवर्ड चोरिएको हुनसक्छ। त्यस्ता अकाउन्टका प्रयोगकर्तालाई ट्विटरले पासवर्ड परिवर्तन गरी इमेलमा सूचना पठाइसकेको छ।

केही दिनदेखि अमेरिकी मिडिया र प्रविधि कम्पनीमा साइबर आक्रमण बढेको छ। न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले आफ्नो कम्प्युटर सिस्टममा चीनका ह्याकरहरुले आक्रमण गरेको बताएका थिए।

 

प्रकाशित: २० माघ २०६९ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App