भिडिओ सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।
एक्सडिए-डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ।
केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधा परीक्षण गरिसकेको दि भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडिओ, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टर प्रयोग गर्न पाउने छन्।
प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्नेछ। ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडिओ हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन्। एएनआई
प्रकाशित: २१ आश्विन २०७७ १०:०६ बुधबार





