बेलिजमा गत महिना एक छिमेकीको हत्या गरेको अभियोग लगाइएपछि उनी यसै सप्ताहान्त आफ्नी २० वर्षकी गर्लफ्रेन्ड साम भेनेगाससित ग्वाटेमाला प्रवेश गरेका थिए। उनलाई त्यहाँ अवैध रुपमा देशभित्र प्रवेश गरेको अभियोग लगाइएको छ।
बेलिजमा हत्याको आरोप रहेकोले उनलाई त्यहीँ वा अमेरिका सुपुर्दगी गर्न सकिने प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले एपीलाई बताएका छन्।
गत नोभेम्बर ११ मा बेलिजमा टाउकोमा गोली लागेर मृत अवस्थामा ग्रेगोरी फाउल फेला परेका थिए। यस विषयमा अनुसन्धान गर्न म्याकाफीलाई प्रहरीले खोजिरहेको छ। फाउलले धनाढ्यको कुकुर र आक्रामक सेक्युरिटी गार्डहरुका कारण पर्यटक र स्थानीय बासिन्दाले दुःख पाइरहेको भन्दै सहरका मेयरलाई चिट्ठी लेख्न छिमेकीहरुलाई एकजुट बनाएका थिए।
हत्यापछि फरार रहेका म्याकाफीले आफ्ना चार कुकुरलाई पनि गोली हानी मारेका थिए। ती कुकुरलाई फाउलले विष खुवाएको अनुमान गरिएको छ। कुकुरका गोली र फाउलको टाउकोमा लागेको गोली एउटै हो कि हैन भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २१ मंसिर २०६९ ००:५० बिहीबार




