२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

६ हजारमा ट्याब्लेट दिन्छु भनेर बढी लिनेसित स्पष्टीकरण

काठमाडौं, मंसिर २० (नागरिक)-गत वर्षको क्यान इन्फोटेक मेलामा ६ हजार रुपैयाँमा ट्याब्लेट पिसी दिने भनेर प्रचार गर्ने गिजमोस नेपाल प्रालिले उपभोक्तालाई बढी रकम लिएको पाइएको छ।
 
त्यसबेला ६ हजारमा ट्याब्लेट दिने भन्दै बुकिङ गराएको कम्पनीले बुकिङकर्तालाई ५ सय रुपैयाँ थप गर्न लगाएको भेटिएको हो। अनुगमनका क्रममा वाणिज्य विभागको टोलीले कम्पनीले कबोलेको भन्दा बढी रकम लिएको पाइएको हो।

कम्पनीले बढी लिएको भेटिएपछि मंगलबार विभागले कक्पनीलाई कबोलेकै मूल्यमा बिक्री गर्न र बढी मूल्य लिनुको कारणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। सात दिनभित्र विभागमा उपस्थित भई बयान दिएपछि कम्पनीलाई थप कारबाही अघि बढाउने विभागले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०६९ २३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App