२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

आईफोन ५ को बिक्री पचास लाख नाघ्यो

न्युयोर्क, असोज ८ (एएफपी)- एप्पल कम्पनीले आईफोन-५ को बिक्री पचास लाख नाघिसकेको बताएको छ।  एप्पलले शुक्रबार आईफोन-५ को बिक्री नौवटा देशमा खुला गर्दा ग्राहकको निकै लामो लाइन देखा परेका थियो।   यस साताको अत्यसम्म यो फोन अन्य २२ मुलुकमा पनि उपलब्ध हुनेछ। वर्षको अन्त्यसम्म १०० मुलुकमा उपलब्ध हुने एप्पलले जनाएको छ। 

'आईफोन-५ को माग अविश्वसनीय रहेको छ। हामी सकेसम्म छिटो आईफोन-५ चाहने हरेक ग्राहकको हातमा यो उपकरण उपलब्ध गराउन निकै काम गरिरहेका छौँ'', एप्पलका प्रमुख कार्यकारी अधिकारी टिम कुकले भने।

कुकले एक विज्ञप्ति प्रकाशन गरी प्रत्येक व्यक्तिको धैर्यलाई आफूले प्रशंसा गर्ने तथा प्रत्येक व्यक्तिको हातमा आईफोन उपलब्ध हुने गरी उत्पादन गर्न आफूहरूले प्रयास गरिरहेको उल्लेख गरेका छन्।

एप्पलले गत साता यो फोन बजारमा ल्याएपछि सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम आइओएस ६ करिब दश करोड जनाले डाउनलोड भएको बताएको छ।

प्रकाशित: ८ आश्विन २०६९ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App