२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस पार्टी कार्यालय सुरक्षामा गणेश लामा

पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुरक्षाको जिम्मा केन्द्रीय सदस्य रहेका गणेश लामाले लिएका छन् । तरुण दललाई अघि सारेर उनले आफू निकट रहेका काभ्रेली समूहका युवाहरुलाई परिचालन गरेर सुरक्षाको जिम्मा लिएका हुन् ।  

गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएदेखि नै शेरबहादुर देउवापक्षीय युवाहरूको संयोजनमा लामा र तरुण दलका अध्यक्ष  विद्वान गुरुङ लागिरहेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला उनीहरु पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै लामाको संयोजनामा देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा सुरक्षा दिएर बसेका हुन् ।

‘४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको अगुवाइमा युवाहरू बुधबार साँझदेखि केन्द्रीय कार्यालय बसिरहेका छन’, कांग्रेसका एक नेताले भने । 

प्रकाशित: २ माघ २०८२ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App