२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसमा विवाद बढ्दै, निर्वाचन आयोगमा दौडधुप

नेपाली कांग्रेसको विशेष अधिवेशनपछि पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएको छ। विशेष अधिवेशनबाट गठन भएको नयाँ समिति र संस्थापन पक्षबीचको विवादको  कारण दुवै पक्ष पालैपालो निर्वाचन आयोग पुगेका छन्।  

पार्टीभित्र विवाद बढ्दै जाँदा शुक्रबार दुवै पक्षका नेताहरू निर्वाचन आयोगमा उपस्थित भएका हुन्। विशेष अधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वमा रहेका कांग्रेस केन्द्रीय समितिका सदस्यहरू आज आयोग पुगेका थिए। यसअघि बिहान संस्थापन पक्षका नेताहरु समूह पनि आयोग पुगेको थियो।  

देउवा पक्षले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ८ सयभन्दा बढी पार्टी सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी सहितका कागजात निर्वाचन आयोगमा बुझाएको जनाएको छ।  

पार्टीभित्रको विवाद बढ्दै गएसँगै दुवै पक्षले आफू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा पुगेका छन् । पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकता कसलाई दिने भन्ने विषयमा निर्वाचन आयोगमाथि दबाब बढिरहेको छ।   

प्रकाशित: २ माघ २०८२ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App