२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

गर्लफ्रेन्डको सुझाव जुकरबर्गले फेसबुकमा लागू गर्ने

न्युयोर्क- फेसबुकका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग र प्रमुख सञ्चालन अधिकारी सेरिल स्यान्डबर्गले मानव अङ्ग दानलाई प्रोत्साहन गर्ने काम फेसबुकले गर्ने बताएका छन्।  
एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा जुकरबर्ग र स्यान्डवर्गले अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन्। फेसबुकको मुख्य कार्यालयमा लिइएको अन्तर्वार्तामा उनीहरुले फेसबुक प्रयोगकर्ताले टाइमलाइनमा अमेरिका र बेलायतका प्रयोगकर्ताहरुले आफ्नो स्वास्थ्यबारे बताउने ठाउँमा अङ्ग दान गर्न चाहने बारे उल्लेख गर्न सक्ने व्यवस्था मिलाइने बताए। 

जुकरबर्गले मेडिकल विद्यार्थी आफ्नी गर्लफ्रेन्ड प्रिस्सिला चानसँगको कुराकानीपछि यस्तो व्यवस्था राख्ने आइडिया पाएको बताएका छन्। जुकरबर्गका अनुसार एप्पलका दिवंगत पूर्व सीइओ  स्टिभ जब्ससितको मित्रताले पनि यसका लागि प्रोत्साहनदायक  रहेको छ। कलेजको क्यान्सरबाट पीडित जब्स कलेजो प्रत्यारोपपछि केही वर्ष बाँचेका थिए। 

प्रकाशित: १९ वैशाख २०६९ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App