६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

दिपेश कडेलले इटहरी आदर्श जायन्ट्सबाट केपिएल खेल्ने

नेपाली क्रिकेटर दिपेश कडेलले इटहरी आदर्श जायन्ट्सबाट कोशी प्राइड लिग (केपिएल) खेल्ने भएका छन्।

इटहरी आदर्श जायन्ट्सले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत दिपेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

कोशी प्राइड लिगको तेस्रो संस्करण फागुन ९ गतेदेखि २१ गतेसम्म आयोजना हुने छ। यस संस्करणमा कुल सात टोली सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी रहनेछन्।

 

प्रकाशित: २८ पुस २०८२ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App