२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

राजनीतिज्ञप्रतिको कटाक्ष झल्कने चलचित्र ‘परिवर्तन’को ट्रेलर सार्वजनिक

विजय केरुङको निर्देशनमा बनेको चलचित्र ‘परिवर्तन’मा नेपाली राजनीतिज्ञहरूप्रति तीखो कटाक्ष गरिएको छ। सुशील श्रेष्ठ मुख्य भूमिकामा रहेको यस चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो।

काठमाडौंको एक सिनेमा हलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा सत्ताका लागि मानिसलाई जनावरझैँ मार्ने दृश्यदेखि सुशील श्रेष्ठको मातृप्रेम, साथै एक्सन अवतारसमेत प्रस्तुत गरिएको छ।

चलचित्रमा अभिनेत्री अञ्जना बराइली प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भूमिकामा देखिएकी छन्। यसका साथै सुशील श्रेष्ठ, सुभाष मेचे, अञ्जना बराइली, करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ र हेमान्त बुढाथोकीलगायत कलाकारहरूको अभिनय रहेको छ।

दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्। ‘परिवर्तन’ आगामी माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

 

प्रकाशित: २८ पुस २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App