२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

अखण्ड भण्डारी गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्री खरेलले रिक्त रहेको संस्थानको अध्यक्षमा भण्डारीलाई नियुक्त गरिएको बताए ।  

सार्वजनिक मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, 'गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।'

भण्डारी यसअघि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक थिए ।

प्रकाशित: २८ पुस २०८२ १६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App