इरानले २०२६ को फिफा विश्वकपमा भाग लिन नपाउने इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले बताएका छन्।
संयुक्त राज्य अमेरिकाले इजरायलसँगै मिलेर देशविरुद्ध हवाई आक्रमण गर्दा इरानका नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले २०२६ को विश्वकपमा भाग लिन नपाउने खेलकुद मन्त्री अहमदको भनाइ छ। 'हाम्रो नेताको हत्या गरेको कुरालाई ध्यानमा राख्दै, हामी कुनै पनि परिस्थितिमा विश्वकपमा भाग लिन सक्दैनौं,' मन्त्री अहमदले सरकारी टेलिभिजनलाई भने।
विश्वकप जुन ११ देखि जुलाई १९ सम्म संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ।
गत डिसेम्बरमा भएको ड्र मा इरानी टोली बेल्जियम, इजिप्ट र न्युजिल्याण्डसँग समूहमा छ। समूह 'जी' का तीनवटै खेल अमेरिकामा हुने तालिका छ। जसमा दुई खेल लस एन्जलसमा र एक सियाटलमा हुनेछ।
प्रकाशित: २८ फाल्गुन २०८२ ११:२८ बिहीबार





