२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला रु दुई हजारले र चाँदी रु २०५ ले घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ५१५ निर्धारण भएको छ।  

बुधबार उक्त सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो।  

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो। सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४१० मा कारोबार भएको थियो।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ ११:०२ बिहीबार