२६ असार २०८२ बिहीबार
image/svg+xml
प्रविधि

चीनमा रोबोटले खेले फुटबल, भविष्यमा मान्छेसँग प्रतिस्पर्धा गर्ने लक्ष्य

चीनको फुटबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्न नसके पनि रोबोटिक फुटबल खेलमा भने चर्चा कमाइरहेको छ। २८ जुनको राति राजधानी बेइजिङमा चार रोबोटको टोलीले कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा फुटबल खेल खेले। सबै रोबोट स्वचालित रूपमा काम गर्थे र कुनै मानिवय हस्तक्षेप वा नियन्त्रण थिएन।

यी रोबोटमा उन्नत दृश्य सेन्सर जडान गरिएको थियो, जसले बल चिन्न सक्थे। लडेपछि आफैँ उभिन सक्ने गरी डिजाइन गरिएका थिए। तर खेलमा केही रोबोटलाई कर्मचारीले स्ट्रेचरमा बोकेर बाहिर निकाले, जसले खेल अनुभव वास्तविक जस्तो बनायो।

विश्व मानवोइड रोबोट खेलहरू अगस्ट १५ देखि १७ सम्म चीनमा हुनेछ। यसमा विभिन्न रोबोटिक खेल समावेश हुनेछन्। चीनले एआई-संचालित मानवोइड रोबोटको विकासलाई तीव्र बनाइरहेको छ। उसले म्याराथन, बक्सिङ र फुटबल जस्ता खेलमा प्रयोग गरिरहेको छ।

कम्पनीको दाबी: भविष्यमा रोबोटले मानवसँग खेल्नेछ
रोबोट खेलाडी बनाउने कम्पनी बूस्टर रोबोटिक्सका संस्थापक र सीईओ चेङ हाओले भने, ‘यी खेलहरू मानवोइड रोबोटको परीक्षणका लागि उत्कृष्ट अवसर हुन्। यसले एल्गोरिदम र हार्डवेयर-सफ्टवेयर प्रणालीको विकासलाई तीव्र बनाउँछ। हामी रोबोटलाई मानवसँग खेल्न तयार गर्न सक्छौँ। तर, रोबोट पूर्ण रूपमा सुरक्षित छन् भनी सुनिश्चित गर्नुपर्छ।’ एजेन्सी

प्रकाशित: १६ असार २०८२ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App