१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन। आइसीयु सेवा (सघन उपचार कक्ष) भनेको अस्पतालको विशेष कक्ष हो। 

जहाँ गम्भीर बिरामी, अचानक भएको दुर्घटनाका घाइते र जीवन खतारामा परेका मानिसलाई राखेर गरिने उपचार सेवा हो। बेड क्षमताका कारण उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिन कठिनाइ पनि भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा नवीन दर्नालले बताए। 

अस्तालको १३६ औँ वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले अस्पतालको स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापनका लागि सबै पक्षको साझा दायित्व भएको बताए। प्रतिनिधिसभा सदस्य केपी खनालले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ गराउन आवश्यक रहेको धारणा व्यक्त गरे। 

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले भेरी अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले भेरी अस्पताल यस क्षेत्रका नागरिकको उपचारको भरोसाको केन्द्र भएको जानकारी दिए।  

प्रकाशित: १२ श्रावण २०८३ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App