प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्। उनले सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लियर राख्नु कति न्यायसङ्गत होला भन्दै प्रश्न गरे।
सुरक्षा थेट भएपछि पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व हुनुपर्ने शर्माले बताए।
'सुरक्षा थेट भएपछि पूर्व प्रधान न्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व होला,' उनले लेखेका छन्, 'सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लियर राख्नु कति न्यायसङ्गत होला?'
प्रकाशित: ११ आश्विन २०८३ ११:३७ आइतबार





