शुक्रबारदेखिको लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक भासिँदा अवरुद्ध कर्णाली राजमार्गका दर्जनौँ ठाउँको पहिरो हटाउने काम सुरु भएको छ।
राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङगामाटो थुप्रिँदा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी यातायात बन्द भएको जनाएका थियो।
प्रकाशित: ११ आश्विन २०८३ ११:२२ आइतबार





