तीन दिनसम्म लगातार परेको अविरल वर्षापछि काठमाडौं, पोखरा, धादिङ, हेटौँडालगायतका सहरमा मौसम क्रमशः खुलेको छ। वर्षा रोकिएसँगै सडक तथा बजार क्षेत्रमा मानिसको चहलपहल समेत बढ्न थालेको छ।
लगातारको वर्षाका कारण प्रभावित भएका विभिन्न सडक तथा बस्तीमा पानीको सतह घट्न थालेपछि जनजीवन सामान्यतर्फ फर्किन थालेको हो। काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको आवागमन बढेको छ भने खुला आकाशसँगै शहरका विभिन्न स्थानमा सर्वसाधारणको चहलपहल देखिएको छ।
तस्बिर : द्रारिका काफ्ले /रासस

.jpeg)



पोखरामा पनि वर्षापछि मौसम खुलेसँगै सडक तथा बजार क्षेत्रमा चहलपहल बढेको छ। त्यसैगरी धादिङ र हेटौँडाका विभिन्न क्षेत्रमा समेत वर्षापछि आकाश खुलेको छ।
.jpeg)



.jpg)
.jpg)
प्रकाशित: ११ आश्विन २०८३ १७:०४ आइतबार





