१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

पोखरामा हिँडिरहेको बेला ढलेका अमेरिकी नागरिकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीयबासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्‍याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ। मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८३ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App