जापानको दक्षिणी कुमामोटो प्रान्तमा मंगलबार दिउँसो गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण व्यापक क्षति पुगेको छ।
यस भूकम्पबाट हजारौं घरहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको छ, सडक तथा पुलहरू भत्किएका छन् भने कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन्। टोकियोस्थित आफ्नो कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जापानी प्रधानमन्त्री साने ताकाइचीले भूकम्पबाट भएको हताहत र क्षतिको पूर्ण आकलन अझै भइरहेको बताइन्।
‘हामीलाई पहिले नै जानकारी गराइएको छ कि मानिसहरू घाइते भएका छन्,’ ताकाइचीले भनिन्, ‘केही क्षेत्रहरूमा बिजुली अवरुद्ध भएको र आगलागी भएको छ, साथै सडक र पुलहरूमा क्षति पुग्नुका साथै भवनहरू भत्किएका छन्।’
उनले खाना पकाउने मानिसहरूलाई आगो र भाँचिएका सिसाका टुक्राहरूबाट सावधान रहन आग्रह गर्दै, ‘हामी जनताको जीवनलाई सर्वोच्च प्राथमिकतामा राखिरहेका छौं,’ बताइन्।
सार्वजनिक प्रसारक एनएचकेका अनुसार एउटा अस्पतालमा मात्रै ५० भन्दा बढी घाइतेहरूको उपचार भएको रिपोर्ट गरिएको छ। त्यस्तै, भूकम्पको समयमा उच्च गतिको रेलमा सवार धेरै व्यक्तिहरू पनि घाइते भएको निक्केई अखबारले जनाएको छ। विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रका एक लाख ५० हजारभन्दा बढी मानिसहरूलाई उद्धार केन्द्रहरूमा जान निर्देशन दिएको छ।
भूकम्पका कारण आधुनिक ओभरपास तथा मुख्य सडकहरूमा ठूला चिराहरू परेका छन् भने एउटा मालबाहक रेल लिकबाट बाहिरिएको छ। रेल सेवाहरू पूर्ण रूपमा रोकिएका छन् र उडानहरू ग्राउन्डेड गरिएका छन्। क्युशु इलेक्ट्रिक पावरका अनुसार करिब ४० हजार घरपरिवारमा बिजुली आपूर्ति बन्द भएको छ। दूरसञ्चार सञ्चालकहरू केडीडीआई र डोकोमोले विद्युत् अभाव र प्रसारण लाइनमा पुगेको क्षतिका कारण मोबाइल फोन सेवामा अवरोध आएको जनाएका छन्।
विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिपमेकर कम्पनी टीएसएमसीले सावधानीका रूपमा सो क्षेत्रमा रहेको आफ्नो प्लान्टबाट कामदारहरूलाई बाहिर निकालेको छ। जानकारी अनुसार सोनी र फुजीफिल्मले पनि उक्त क्षेत्रमा रहेका आफ्ना प्लान्टहरूबाट कर्मचारीहरूलाई सुरक्षित स्थानमा बाहिर निकालेका छन्। यसबाहेक, ऐतिहासिक कुमामोतो दरबारको ढुंगाको पर्खालका केही भाग पनि भूकम्पका कारण भत्किएको दरबार कार्यालयका अधिकारीहरूले बताएका छन्।
जापान मौसम विज्ञान एजेन्सीले सुरुमा कुमामोटो, नागासाकी, कागोशिमा, फुकुओका, सागा, ओइता र मियाजाकी प्रान्तहरूमा आपतकालीन भूकम्पको चेतावनी जारी गर्दै एक मिटर अग्लो छाल आउन सक्ने जेएमए सुनामी चेतावनी दिएको थियो। तर, स्थिति सामान्य बन्दै गएपछि दुई घण्टाभित्रै उक्त चेतावनी हटाइयो।
जापानको आणविक नियमन प्राधिकरणले भने प्रभावित क्षेत्रका आणविक ऊर्जा केन्द्रहरूमा कुनै पनि किसिमको अनियमितता वा असामान्यता नभेटिएको स्पष्ट पारेको छ। मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले आगामी एक हप्ता, विशेष गरी आगामी दुईदेखि तीन दिनसम्म थप शक्तिशाली परकम्प र पहिरोको जोखिम हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन बासिन्दाहरूलाई विशेष आग्रह गरेका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १२ श्रावण २०८३ १६:४५ मंगलबार




