६ वैशाख २०८१ बिहीबार
प्रविधि

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार वल्र्ड लिंकले इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेवामा समेत अफर ल्याएको छ।

इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको वल्र्डलिंकले १ महिनाको आइपिटिभी सेवा खरिद गर्ने नयाँ ग्राहकहरुलाई थप दुई महिना निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ। यसरी ग्राहकले १ महिनको सेवा शुल्क तिरेर ३ महिना टिभी हेर्न पाउने छन्। यस सेवामा ग्राहकले १ महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिर्नु पर्ने छ।

आइपिटिभी सेवा जडान गर्दा नयाँ ग्राहकले सेटअप बक्स र इन्स्टलेशन शुल्क भने तिर्नुपर्ने छ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो। यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्ने र प्रसारण गुणस्तरीय हुने कम्पनीले जनाएको छ।

वल्र्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदान गर्दै आएको र देशभर कम्पनीका  ६० हजारभन्दा बढी ग्राहक रहेको जनाएको छ।  

प्रकाशित: १ पुस २०७३ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App