२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पार्टी एकतामा प्रतिकूल गतिविधि नगर्न खड्काको अपिल

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

खड्काले विज्ञप्ति जारी गर्दै वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गरी सबै तहका नेता, कार्यकर्ता र सदस्यहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताएका छन्।

विज्ञप्तिमा उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, साथै भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पार्टी हितलाई केन्द्रमा राखेर जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

पार्टी एकतामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई हार्दिक अपिल गर्दै खड्काले नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन्।

 

प्रकाशित: २८ पुस २०८२ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App