चिसापानी क्षेत्रमा ढलेका दुई वटा १३२ केभी क्षमताका टावर मर्मत गर्न मन्त्री श्रेष्ठको निर्देशन
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चासो राखेका छन्।

