१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गर्दै बताउक्त निर्णयबारे बताएका हुन्।

सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:

नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने।

विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने।

भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने।

प्रकाशित: ३० वैशाख २०८३ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App