२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुला

काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ। शिक्षा विभागका अनुसार जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइटमार्फत विद्यार्थीले आवेदन दिन सकिनेछ। 

प्रवेश परीक्षा जेठ १७ गते बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।  परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछन्। 

महानगरले निजी विद्यालयमा अध्ययन गर्ने १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो कार्यक्रम २०७९ सालदेखि व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको हो र हालसम्म करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।  

प्रकाशित: ३० वैशाख २०८३ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App