सोमबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह संसद्बाट बाहिर निस्कँदा संसद्को गरिमा घटेको नेपाली कांग्रेसका सांसद निस्कल राईले बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थितिका लागि रुलिङ गर्न आग्रह गरेका छन्।
शून्य समयमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री आज पनि संसद्मा उपस्थित हुनु भएको छैन, उहाँको स्वास्थ्य अवस्थाको विषयमा पनि संसद्मा उठेको छ। संसद्मा प्रधानमन्त्री उपस्थित नहुँदा सभाको गरिमा बढ्दैन।’
प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा देखाएका गतिविधिहरू ‘असंवैधानिक र अराजनीतिक’ हर्कत भएको उनको भनाइ छ।
प्रकाशित: ३० वैशाख २०८३ १२:०९ बुधबार





