सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने आजको कार्यसूचीमा राखिएको थियो।
अब आजको संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। कार्यसूची अनुसार प्रधानमन्त्री शाहले सम्बोधन गर्ने तयारी भए पनि अन्तिम समयमा जवाफ दिने जिम्मेवारी प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई दिएको बताइएको छ।
प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको छ।
यसअघि सोमबार राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बिचमै सदन छाडेर निस्किएका थिए।
प्रकाशित: ३० वैशाख २०८३ १०:४९ बुधबार

