१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

तिहारमा मुस्ताङबाट ५ हजार च्याङग्रा बाहिरिए

नेपालीको दोस्रो ठूलो पर्व तिहारमा हिमाली जिल्ला मुस्ताङबाट पाँच हजार च्याङग्रा बाहिरिएका छन् । दसैंभन्दा तिहारमा एकदमै न्यून मात्रामा च्याङ्ग्रा बाहिरिन्छन् । दसँैमा यसबर्ष २१ हजार भेडाच्याङग्रा निर्यात भएको थियो ।

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले लागू औषधको मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका– ९ का ३२ वर्षीय प्रमोद सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

तिहारमा अमर्यादित क्रियाकलाप नगर्न प्रहरीको माइकिङ

जिल्ला प्रहरी कार्यालय जुम्लाले तिहार अवधीभर अमर्यादित क्रियाकलाप नगर्न माइकिङ गरेको खलंगाबजारको बसपार्क, कालेखोली, अनामनगर, विजयनगर आसपासमा प्रहरीले माइकिङ गरेको हो। तिहारको अवसरमा रचनात्मक क्रियाकलाप गरेर समाजको शोभा बढाउनु पर्ने भन्दै कुनै पनि अशोभनीय क्रियाकलाप नगर्न आग्रह गरिएको हो।

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

तिहार अवसरमा व्यापारी समुदायमा धनको पूजा हुनु सामान्य कुरा हो। कतिपयले व्यापारी समुदायमा आफ्नो बही खाताको समेत पूजा गर्ने परम्परा छ। यो परम्परामा विस्तारै परिवर्तन भइरहेको देखिएको छ। खातापाताको स्थान कम्प्युटरले लिएसँगै व्यापारी समुदाय तिनै कम्प्युटर अथवा ल्यापटपलाई पूजा गर्न थालेका छन्।

प्रकाश पर्वः तिहार

‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने देववाणी आत्मसात् गर्दै औंसीको कालिमालाई चुनौती दिन घरघरमा दीपावली, दीपमाला, दीपमालिका गरी उज्यालो पर्वको उत्सव भरेर समाजलाई ऊर्जा प्रदान गर्ने तिहार पावन पर्वको विशेष महत्व छ ।

तिहारकाे रमझममा संविधान संशाेधनकाे चटाराे

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका लागि केही दिन बाँकी रहँदा राजनीतिक दलहरू संविधान संशोधनको छलफलमा सक्रिय भएका छन् ।

तिहार तयारी गर्दै सेलिब्रेटिज

तिहार नजिक आइसकेको छ, झिलीमिली बत्ती अनि रंगोलीको तयारी सुरु भइसकेको छ । माया, स्नेह, प्रेम र सद्भावको यो पर्व मनाउने तयारीमा सबै देशवासी जुटेका छन् । सेलिबे्रटिजहरूले आआफ्नो ढंगले तिहार तयारी गरिरहेका छन् । कस्तो छ तिहार तयारी, उनीहरूकै शब्दमा:

काग तिहारमा दुलालको काग सम्मेलन

कलाकार रमेश दुलालले कागतिहारको अवसरमा काठमाडौंमा काग सम्मेलन गरेका छन् । उनले बिहीबार रत्नपार्कस्थित शान्तिवाटिकामा १३औं पटक काग सम्मेलन गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघको अगुवाइमा भएको काग सम्मेलनमा दुलालले मुखबाट कागको आवाज ‘काँ–काँ’ निकालेपछि रत्नपार्कवरपरको आकाशमा सयौं काग भेला भएका थिए । उनको काग बोलाउने कला हेर्न सयौं दर्शक झुम्मिएका थिए ।

फेरिँदै तिहार शैली

जब ढकमक्क सयपत्री फुल्छ, मखमलीको बैजनी रङ मुस्कुराउँछ, त्यो समय शरद ऋतु हो । अलिकति चिसो । अलिकति न्यानो । शरद ऋतुको मधुर मौसमी गुण । यही ऋतुमा  मनाइन्छ तिहार पर्व । काग तिहार, कुकुर तिहार, गोवर्धन पूजा, लक्ष्मी पूजा अनि भाइटीका यमपञ्चकका पाँच दिन हुन् ।

तिहारमा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल हिजोआज आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्। कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

तिहारलाई करोडको ढाकाटोपी

ढाकाटोपी लगाएको देख्दा नाक खुम्च्याउने युवायुवती धेरै छन्। तर, तिहारमा सयपत्री र मखमली फूलको मालासरह ढाकाटोपीले पनि महत्व पाउँछ। त्यसैले त यो बेला ढाकाटोपीको व्यापार निकै बढ्ने गरेको छ। पोखरामा मात्र तिहारमा करिब एक करोड रुपैयाँ मूल्यको ढाकाटोपी बिक्री हुने व्यवसायीको अनुमान छ।

आजदेखि यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

तिहारको मौलिकता जोगाउन म्यूजिक भिडियो

अचेलको पुस्ता देउसी र भैलो खेलको अर्थै नबुझी पैसा कमाउने हेतुले झारा टार्ने ढंगले खेल्ने गरेकोमा पर्वको मौलिकतालाई बचाउँन सन्देश दिन गौतमले यम पञ्चक म्यूजिक भिडियो गायिका अन्जु गाैतमले सार्वजनिक गरेकी हुन् ।

दसैंमा उक्लिएको सेयर बजार तिहारमा ओर्लियो

दसैंअघि माथि उक्लिएको सेयर बजार तिहारमा तल ओर्लिएको छ। दसैं बिदा सुरु हुने अघिल्लो दिनभन्दा सेयर बजार मापक नेप्से ६६ बिन्दुले ओर्र्लिएको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि निरन्तर गिरावट आएको छ। दसैंअघिको अन्तिम कारोबारका दिन नेप्से १८१९.८८ बिन्दुमा पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्