१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

धुर्मुस–सुन्तली बस्ती हस्तान्तरण कागतिहारमा

सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरेको नमुना बस्तीको निर्माण सम्पन्न भई शुक्रबार सम्बन्धित भूकम्पपीडितलाई घर हस्तान्तरण गरिँदै छ । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण गरेका हुन् ।

मोन्टे कार्लोका तिहार लक्षित जाडोका पोसाक

उलनका उत्पादनको विश्वप्रसिद्ध ब्रान्ड मोन्टे कार्लोले जाडोका लागि आवश्यक तयारी पोसाक भित्र्याएको छ। नजिकिँदो तिहारलाई समेत लक्षित गर्दै कम्पनीले जाडो स्वेटर, कोट, पाइन्ट लगायतका सामाग्री भित्र्याएको हो। जम्बो फेसनले नोपालमा बिक्री वितरण गर्दै आएको उक्त फ्रान्सेली कम्पनीका उत्पादनले नेपाली ग्राहकको समेत मन जित्दै आएको छ ।

तिहारमा साडी उपहार

ऋषि खतिवडा-तिहारमादाजुभाईले दिदीबहिनीलाई दिने उपहारमा साडी पनि पर्ने गरेको छ। विवाहको सिजनबाहेक पुरुषले दिदीबहिनीलाई उपहार दिनआफैंवाआफ्नाश्रीमतीले किनेर लैजाने गरेका छन्। १३ वर्षदेखि कपडा व्यवसाय सञ्चालनगर्दै आएकाव्यवसायीरुपेश पाण्डेकाअनुसार उपहारकालागिसाडी बिक्रीहुने गरेको छ।

तिहार लक्षित गोदावरी फूल मेलाको तयारी पूरा

फ्लोरिकल्चर एसोशिएसन नेपाल(फ्यान)को आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना हुने गोदावरी मेलाको तयारी पूरा भएको जनाइएको छ।

तिहारलाई ५० लाखको माला आयात हुँदै

स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतमा झैं यो वर्ष पनि तिहारको लागि ५० लाख रुपैयाँ बराबरको २ लाख थान माला आयात हुने भएको छ। फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो।

तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गराउन माग

संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन्। वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै महतोले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनु पर्ने बताएका हुन्।

दशैंतिहारको स्वागत गाउँ सरसफाई

कसैको हातमा कुटो छ, कसैको हातमा कोदालो । खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–४ दाल्फुमा आइतबार देखिएको एउटा लामबद्ध समूह गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाईमा जुटिरहेको छ ।

दसैं तिहारमा विशेष सुरक्षा योजना

जिल्ला प्रहरी कार्यालय जुम्लाले दसैं र तिहारमा विशेष सुरक्षा योजना बनाएको छ। दसैं तिहारमा अत्याधिक मदिरा सेवनका कारण हुन सक्ने संभावित घटना न्युनिकरण गर्न विशेष सुरक्षा योजना तर्जुमा गरिएको प्रहरी नायव उपरीक्षक गुरु विष्णु काफ्लेले जानकारी दिए ।

दसैं, तिहार तथा छठमा टेलिकमको भारी छुट

नेपाल टेलिकमले दसैं, तिहार तथा छठको अवसर पारेर जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्तालाई विभिन्न छुट दिने घोषणा गरेको छ। टेलिकमले जीएसएम तथा सीडीएमएका पोष्टपेड तथा प्रिपेड मोबाइलमा निशुल्क भ्वाइस तथा एसएमएस उपलब्ध गराउने जनाएको छ।

भुर्तेलको दशैँतिहार गीत सार्वजनिक

दशैँको पूर्वसन्धयामा निर्भिक नारायण भुर्तेलको दशैँ तिहार विशेष गीत सार्वजनिक भएको छ। अरु कोनै छर बोलको गीत बजारमा आएको हो। गायक नयन शर्माको लय तथा शब्द संकलनमा रहेको दशैँ तिहार गीत सोमबार आचार्य डिजिटल पोखराले बजारमा ल्याएको हो।

ताम्राकार कम्प्लेक्सको ‘यो दसैं–तिहार, उपहारै उपहार’ योजना

मोबाइल हबको रुपमा स्थापित ताम्राकार मोबाइल कम्प्लेक्समा विजयादशमी, दीपावली तथा छठको अवसरमा उपभोक्तालाई आकर्षक छूट र उपहार योजना ल्याएको जनाएको छ। ‘यो दसैं तिहार, ताम्राकारमा उपहारै उपहार’ योजनाअन्तर्गत असोज १२ गतेदेखि कात्तीक २१ गतेसम्म ग्राहकले छूट तथा विभिन्न उपहार प्राप्त गर्ने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

डिस होमको दशैं तिहार योजना

डिस होमले नेपालीहरुको महान चाड बडादशैँ तथा तिहारका लागि नयाँ योजना सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरिएको ‘यो उत्सब डिस होमले बन्छ महोत्सव’ नामक नयाँ योजनाअन्तर्गत ग्राहाकले डिस होमको हाइब्रिड एचडी कनेक्शन किन्दा ३ हजारसम्मको छुट पाउने छन्।

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

दसैं-तिहारलाई सरकारी सहुलियत

महँगीको चपेटामा परेका उपभोक्तालाई राहत दिन सरकारले चाडबाडका बेला ग्याससहित दैनिक उपभोग्य वस्तुमा छुट दिने निर्णय गरेको छ।  चाडपर्वमा सहुलियत स्वरुप ग्यासप्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने भएको हो। छुट दिएपछि अहिले १३ सय ७५ रुपैयाँ पर्ने ग्यास सिलिन्डर उपभोक्ताले १३ सय २५ रुपैयाँमै पाउने छन्।

हुण्डार्इकाे दशैं तिहार गेट सेट गो को विजेताहरु घोषित

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार ‘गेट सेट गो’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्