१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहारमा साडी उपहार

ऋषि खतिवडा-तिहारमादाजुभाईले दिदीबहिनीलाई दिने उपहारमा साडी पनि पर्ने गरेको छ। विवाहको सिजनबाहेक पुरुषले दिदीबहिनीलाई उपहार दिनआफैंवाआफ्नाश्रीमतीले किनेर लैजाने गरेका छन्। १३ वर्षदेखि कपडा व्यवसाय सञ्चालनगर्दै आएकाव्यवसायीरुपेश पाण्डेकाअनुसार उपहारकालागिसाडी बिक्रीहुने गरेको छ।

सारीको बिक्रीवितरणमा बान्ड बनाउन सफलअम्बे सारीकाउत्पादन चाडपर्वमाधेरै बिक्रीहुने गरेका छन् ।  विशेषगरी प्रिन्टेड, सिफन र लेहेंगा आइटम चाडपर्वमा धेरै बिक्रीहुने गरेका आइटम हुन् । नेपालमा जयअम्बे सारी सोरुमबाट अम्बे सारीकाउत्पादनबिक्रीवितरण हुँदै आएका छन् ।

नेपालमामहिलाले अत्यधिक रुचाउने गरेको फेसनमा सारी पनि पर्ने गर्दछ । अझ सारीलाई फेसनमामात्रनभई संस्कारको रुपमापनिप्रयोग गरिनुले यसको व्यापारमा वृद्धि हुने गरेको व्यापारीहरु बताउँछन् ।नेपालमाभारतबाट ९० प्रतिशत सारी भित्रिने गरेको छ भने फेसनका रुपमाफ्रेन्च सिफन सारी भित्रिने गरेको तथ्यांक छ ।

‘चाडपर्वमाबिक्री सारीको व्यापार राम्रो हुने गरेको छ’ अम्बे सारीकाप्रबन्धनिर्देशकरुपेश पाण्डेले भने, ‘महिलाहरुले आजकाल लेहेंगा र सेफन सारीको माग बढ्दै गएको छ ।’आरपीग्रुपअन्तर्गतको जय अम्बे सारीले डिल्ली, मुम्बई, बैङ्लोर, सुरत लगायतस्थानबाट आयातित सारीको बिक्रीवितरण गर्दै आइरहेको छ ।

नेपाली सारी उपभोक्ताले पछिल्लो समय अत्यधिक रुचाएको सारीमाफ्रेन्च सारी पर्ने गरेका छन् । आकर्षक डिजाइन र गुणस्तरीय उत्पादनले उक्त सारीको बिक्री वृद्धि भएको पाण्डेले बताए। उनले भने, ‘अन्य सारीको तुलनामामहँगो भएपनियसको मागमाउच्च वृद्धि भएको छ ।’

चाडपर्वमा जस्तै विवाहकोसिजनमा समेत साडीको ज्यादाखपतहुने गरेको छ । पाण्डेकाअनुसार विवाहको सिजनमाबनारसी सारीको माग धेरै हुने गरेको छ । ‘आजकालविवाहमापनिदुलहीले लेहेंगालगाउने चलन बढेको छ,’पाण्डेले भने, ‘विवाहमाबनारसी सारी नै धेरै खपत हुन्छ ।’

पाण्डेकाअनुसार नेपालमाअम्बे सारीको ब्रान्ड अरु व्यापारीसँग छैन । उनले भने, ‘सारीको गुणस्तरकालागिहामीले धेरै प्रयास गरिरहेका छौं, उपभोक्ताको मन पनिजितिरहेकापाएका छौ ।’ १३ वर्षदेखि कपडा व्यापारमाहातहालेका पाण्डेले पहिले र अहिलेकाउपभोक्तामा धेरै परिवर्तन आएको बताए । ‘अहिलेकाउपभोक्तामाब्रान्ड र गुणस्तरमा बढी ध्यान दिन्छन्,’ पाण्डेले भने, ‘व्यापारीले दिएकै भरमाअहिलेकाउपभोक्ताखरिद गर्दैनन्, राम्रोसँग बुझेर मात्रै खरिद गर्छन् ।’अम्बे सारीका मैतीदेवी, न्युरोड, लगनखेल, चाबहिलमाफ्रेन्चाइज रहेका छन्।

प्रकाशित: १० कार्तिक २०७३ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App