१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

तिहारमा पुरानै भाका मीठा

हरेक वर्ष दर्जनौँ तिहारे गीत रेकर्ड हुने गरेको भए पनि सन् १९९१ मा तुलसी घिमिरेले बनाएको ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ बोलको गीतले अझै बजार तताइरहेको छ। हरेक वर्ष हरेक नाचगानमा यही गीतले राज गर्दै आएको छ। आशा भोसलेले गाएको यस गीतलाई तुलसी घिमिरेले नै लेखेका थिए भने रञ्जीत गजमेरले संगीत भरेका थिए।

ब्याडमिन्टनकी खेलाडी सरादेवीकाे तिहार : गुरुआमा दिदी

ब्याडमिन्टनकी चर्चित खेलाडी हुन् सरादेवी तामाङ। राष्ट्रिय त भै गयो अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दै पदक दिलाएकी उनी अहिले ब्याट र ककबाट टाढिइसकेकी छिन्। तर उनका २ चेलाको प्रभाव उस्तै छ ब्याडमिन्टनमा । एक हुन् नङसलदेवी र अर्का रत्नजित।

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताएकी छन्।

आज भाइटीका, ११ बजेर ५५ मिनेटमा उत्तम साइत

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ।

फोटो फिचरमा तिहारको रौनक

हिन्दू नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरू भएसँगै यसको रौनक छाएको छ। तिहारको अवसरमा गाउँ सहर झिलिमिलि पारिएका छन्।

भाइ मसलामा पनि अरूकै भर

तिहार नजिकिँदै जाँदा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’को व्यापार चम्किएको छ अहिले। स्टोरहरुमा दिदीबहिनीको भीड सुरु भइसकेको छ। दिदी–बहिनीलाई आकर्षित गर्न स्टोरहरु तिहारमय बनेका छन्।

यमपञ्चककाे अाज चाैथाे दिन, गाई, गोरु र गोवर्द्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।

तिहारमा मौलिक पहिरन रोज्दै बालिकाहरु

चाडपर्वमा विदेशी र आधुनिक संस्कार भित्रिदै गएको चिन्ता वढेका वेला जाजरकोट खलंगाका बालिकाहरु भने तिहारमा मौलिक पहिरन रोज्न थालेका छन्।

सेलिब्रेटीको तिहार : ‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’

तिहार सबैले अाअाफ्नै ढंगले मनाउँछन्। तिहारका पाँच दिनमा पशुपंक्षीको समेत पूजा हुने गर्दछ। सबैभन्दा हेपिएका काग र कुकुरलाई पनि तिहार पूजा गरिन्छ। यसैगरी गाई र गोरुको पूजा पछि भाइ टिका गरिन्छ। यसअर्थमा तिहारको महिमा थप फराकिलो छ।

मधेसकाे माैलिक तिहार

मधेसका देहातमा ‘दियाबमले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ।

नेपालले गर्छ: तिहारमा मखमली फूल निर्यात

नेपालीहरुको महान पर्व दशै सकिने बित्तिकै तिहारको झिलिमिली शुरू भैसकेको छ । धेरै जसोको आगनमा मखमली, गोदावरी, सयपत्रि फुलहरुले बगैचामा फुलीसकेका छन् । तिहारमा भाइटिका को लागि मखमली, सयपत्री फूलहरु, विभिन्न किसिमका बत्ती, दियो र सप्तरङ्गहरुबढी विक्री हुने गर्दछन् ।

आज तिहारको दोस्रो दिन : नरक चतुर्दशी तथा कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

तिहारको असन बजार (फोटो फिचर)

तिहारको रमझमले छोपिसकेको छ। टोलटोलमा देउसी भैलोका स्वरहरु गुन्जिरहेका छन्। बत्तिको झिलिमिलीले गाउँ सहर अझै सुन्दर देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्