नगर सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुमा शनिबार मतदान शुरु भएको छ । पोखरा महानगरपालिकाको नगर सभापतिको लागि ६ जना प्रतिस्पर्धामा छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुमा शनिबार मतदान शुरु भएको छ । पोखरा महानगरपालिकाको नगर सभापतिको लागि ६ जना प्रतिस्पर्धामा छन् ।
कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।
‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता स् व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।
साहसिक पर्यटकलाई लक्षित गर्दै झन्डै एकदशक देखि जिपफ्लायर संचालन गरिरहेको यहाँको हाइग्राउण्ड एडभेन्चर्स ‘सुपरम्यान जीपलाइन’ सेवा पनि दिन थालेको छ । यसअघि हुने गरेको जीपलाइन भन्दा सुपरम्यान जीपलाइन अझै बढी रोमाञ्चक र साहसिक हुने हाइग्राउण्ड एडभेन्चरले बताएको छ ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटएयर बेलुनको उडान अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै के हुने भन्ने अन्योलमा छ ।
कोरोना भाइरस संक्रमणको त्रासले गर्दा लामो समयदेखि बन्द रहेका कास्कीका सबै विद्यालय असोज एक गतेदेखि खुल्ने भएका छन् । पोखरा महानगरभित्रका सबै विद्यालय आगामि शुक्रबारदेखि संचालन गर्न पाउने गरि महानगरले निर्णय गरेको छ । महानगरबाहेक कास्कीका अरु स्थानीय तहले केहीदिन अघिदेखि नै विद्यालय खुलाईसकेका छन् ।
आगामि असोज २ गतेदेखि पोखरामा फुटसल लिग शुरु हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल हुने फुटसल लिगको आवश्यक तयारी अन्तिम चरणमा छ । कभर्ड हलमा म्याट विछ्याईसकिएको छ । असोजको पहिलो साता हुने लिगमा स्पोर्टस क्यासललाई पोखराकै अंशुभरा समूहले प्रायोजन गरेको छ ।
पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको चहलपहल केही देखिएको व्यवसायीले बताएका छन् ।
कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।
नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।
कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।
भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।
यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।
गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।
पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । भीषण वर्षा मध्यरातसम्म जारी थियो । भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहिरो नै झा¥यो ।