२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्याराग्लाइडिङ विवाद: सिजनको बेला उडान रोकिँदा पर्यटन क्षेत्र प्रभावित

एकद्वार प्रणालि लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट मानिएको प्याराग्लाइडिङको उडान विगत एकसातादेखि रोकिएको छ। प्याराग्लाइडिङ व्यावसायी सहित छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विभिन्न चरणमा वार्ता भएपनि अझै निष्कर्ष निस्किन सकेको छैन। विवादले गर्दा अहिले उडान ठप्प छन्।

प्रधानमन्त्रीले गरे मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन्।

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी आनन्दराज बतास भने पैसा, क्षमता र अनुभवले मात्र व्यावसायमा सफलता नमिल्ने बताउँछन्। व्यावसायमा सफलता हात पार्ने बतासको एउटा सुत्र छ, त्यो हो ‘सकारात्मक सोंच’।

‘जाउँ है पोखरा’ अभियानः शैक्षिक भ्रमणदेखि ‘हनिमुन’ सम्मको प्याकेज

पोखरा र आसपासका क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटक लक्षित गर्दै पोखराका होटल व्यावसायीले विभिन्न पाँचवटा नयाँ प्याकेज ल्याएका छन्। होटलमा खाने, बस्ने र घुमघाम सहितको प्याकेज अरुबेलाको भन्दा केही सस्तो पर्ने पर्यटन व्यावसायीको भनाई छ। ‘जाउँ है पोखरा’ अभियानमा निस्केको होटल संघ पोखराले अभियानकै क्रममा प्याकेज पनि सार्वजनिक गरेको छ।

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ घाइते (घाइतेहरूको नामावलीसहित)

आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका –१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

पोखरा म्याराथनमा धावकलाई अनलाइनमै प्रमाणपत्र दिइने

२२ वर्ष अघि स्थापना भएको भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ।खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ।

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।

पोखराको प्याराग्लाइडिङः ‘एकद्वार प्रणालि’ लागु गर्न खोज्दा चर्कियो विवाद, रोकिए उडान

उडानमा एकद्वार प्रणालि लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले विहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन।

नेपाल सुपर लिग: काठमाडौँले पोखरालाई हरायो

नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्र्तगत काठमाडौं रेजर्सले पोखरा थण्डर्सलाई पराजित गरेको छ।

नेपाल सुपर लिगः तेस्रो स्थानको पोखरा र पाँचौ स्थानको काठमाडौं भिड्दै

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।

पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्।

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍योः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन्।

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्डमा नौ किमी कालोपत्र

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ।

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्