७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः तेस्रो स्थानको पोखरा र पाँचौ स्थानको काठमाडौं भिड्दै

क्याप्शन

नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

अङ्क तालिकाको तेस्रो स्थानमा रहेको पोखरा आजको खेलमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ भने पाँचौ स्थानमा रहेको काठमाडौँ आजको खेलमा जित हात पार्दै आफूलाई माथि उकास्न चाहन्छ।

हालसम्म ४ खेल खेलेको पोखराले २ मा जित हात पारेको छ भने २ खेल बराबरी गरेको छ । जबकी समान ४ खेलमा काठमाडौँले १ मा जित १ मा पराजित र २ खेल बराबरीमा सकाएको छ।  

आजको खेलमा काठमाडौंलाई पराजित गर्न सके पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ।  

प्रकाशित: २५ मंसिर २०८० ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App