६ मंसिर २०८१ बिहीबार
image/svg+xml

ट्यालेन्ट हन्टमार्फत छानिए भेरीगंगाका ‘विपिन’

भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।

कर्णाली याक्सद्वारा ‘ट्यालेन्ट हन्ट’बाट पाँच खेलाडी छनोट

अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली याक्सकाे प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।

एनपिएल टिम कर्णाली याक्सले भन्यो: उपाधि जितेर कर्णाली परिक्रमा गर्न आउँछौँ

‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकारहरूसँग मुख्य प्रशिक्षक मल्लले भने, ‘हाम्रो लक्ष्य उपाधि हो, त्यहीँ अनुसार तयारी गरिरहेका छौँ ।’

समर्थक र प्रशंसकसँग कर्णाली याक्स (तस्बिरसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।

भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्दै

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ।

कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ।

एनपिएलमा वेस्ट इन्डिजका वाल्टन कर्णालीबाट खेल्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ।

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्