४ पुस २०८१ बिहीबार
image/svg+xml

म्याग्दीमा फलेको किबीले बजार पाएन

धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी छन् त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बनेका छन्।

घरजग्गाको कारोबारमा सुधार, एक महिनामै पौने चार अर्ब राजस्व

घरजग्गा कारोबारमा सुधार आएको छ। अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको भूमि व्यवस्था कार्यालयले जनाएको छ।

हिरासतको फोटो भाइरल भएपछि रविले भने- म सुरक्षित छैन

लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, 'म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ। छानबिन हुनुपर्छ।'

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)खोप ल्याएको छ।

गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो।

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।

कस्तो छ आजकाे माैसम ?

हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूऔभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कार्यालय प्रमुख विवाद कायमै, जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी

खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।

डिसेम्बर २१ मा प्रथम ध्यान दिवस मनाइँदै

आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।

न्यायपरिषदमा प्रतिनिधि पठाउन बारलाई दबाब

बारले प्रतिनिधि नपठाउँदा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिलगायत प्रक्रिया अघि बढाउन सकेको छैन। ३४औं न्यायपरिषद् दिवस मनाइरहँदा नेपाल बारलाई छिटोभन्दा छिटो प्रतिनिधि पठाउन सबैले आग्रह गरेका छन्।

असदको अर्बौं डलर सम्पत्तिको खोजी

सिरियाका पूर्वशासक बसर अल असदको सत्ताच्युतपछि लगभग आधा शताब्दी बढी समय सत्तामा रहेका असदहरूको सम्पत्तिको खोजी हुन थालेको छ। आधा शताब्दीमा विभिन्न क्षेत्रमा अर्बौं डलर लगानी गरिएको हुनसक्ने आशंकाका साथ असदहरूको सम्पत्तिको खोजी थालिएको हो।

कांग्रेसमा सधैं वरीयता किचलाे

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गत कोसी प्रदेश समितिले विराटनगरमा मंसिर २२ गते प्रदेश सम्मेलन आयोजना हुने र त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी सहभागी हुने घोषणा गर्‍यो। तर त्यसको चार दिनअघि अर्थात् मंसिर १८ गते नै कांग्रेस नेता शेखर कोइरालानिकटहरूले विराटनगरमै छुट्टै सम्मेलन गरे।

माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि

जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

एनपीएल क्वालिफायर : कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दै

याे खेलको विजेताले फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नुपर्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्