४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

काठेपुलले भार थेग्न नसक्दा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट धुम्बातर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । आइतबार बिहान भएको दुर्घटनामा चारजना घाईते भएका छन ।

कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख

हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन्। तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ। काम निरन्तर छ।

मुस्ताङमा ३९ सय र मनाङमा ३५ सय मिटरसम्म उक्लियो कोरोना

निकै नै कम आउजाउ हुने भएपनि हिमाली जिल्ला मनाङ र मुस्ताङका उच्च भेगसम्म कोरोनाको दोश्रो लहर उक्लेको छ । मनाङमा समुन्द्री सतहदेखि ३५ सय मिटर र मुस्ताङमा ३९ सय मिटर उचाईसम्म संक्रमण उक्लेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

चिकित्सक,आइसियु र भेन्टिलेटरविहीन मुस्ताङ

मुस्ताङ अस्पतालमा छ शैयाको आइसोलेसन बनाइएको छ। ती छ वटै शैयामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेण्टिलेटर र सघन उपचार कक्ष भने छैन। भेण्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए।

कार्यालय ठप्प पारी अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी मुस्ताङ भ्रमणमा

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।' गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ म्याग्दीको एक गाउँपालिकामा ।

उपल्लो मुस्ताङमा सिँचाइ आयोजना बन्दै

सिँचाइ सुविधा नहुँदा घिलिङको झन्डै २ सय हेक्टर क्षेत्रफल बाँझै छ। मुस्ताङको बीउविजन उत्पादन केन्द्रको रूपमा रहेको घिलिङ फाँट सिँचाइ सुविधा नहुँदा कृषिजन्य उत्पादनमा प्रयोगमा ल्याउन सकिएको छैन। गण्डकी प्रदेश सरकारले स्वीकृति गरेसँगै यो वर्षदेखि काम अघि बढ्ने अपेक्षा र विश्वास स्थानीयले लिएका छन्।

मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द

सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चलेका छन्। यातायात व्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छन्। म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ। बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ।

लोमान्थाङलाई स्याउ जोन बनाइँदै

‘लोमान्थाङको दुराङमा स्याउ जोन बनाउने अभियानलाई सार्थकता दिन दोस्रो चरणको स्याउको बेर्ना रोपिएको छ,’ उनले भने, ‘बेर्ना स्थानीयले रोपिरहेका छन्। व्यवस्थापन तथा रेखदेख स्थानीयले नै गर्नेछन्।’ उनका अनुसार दुराङ सिर्जनशील कृषि समूहले व्यवस्थापन गर्दै आएको छ।

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।

लोमान्थाङको तापक्रम माइनस १६ डिग्री

हिमाली भेगमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

मुस्ताङका होटल नौ महिनापछि खुले

कोरोना भाइरस संक्रमणका कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल नौमहिनापछि खुलेका छन् ।

लोमान्थाङमा इन्टरनेटको लागि फाइबर विस्तार

उपल्लो मुस्ताङवासीले अब सजिलै इन्टरनेट सुविधा पाउने छन्। इन्टरनेट सुविधाको लागि फाइबर तान्ने काम सुरु गरसकिएको छ।

मुस्ताङमा खेलग्राम स्थापनाका लागि पहिलो चरणको काम पुरा

हिमालपारीको जिल्ला मुस्ताङमा खेलग्राम स्थापनाको लागि पहिलो चरणको कार्य पुरा गरिएको छ। फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्