७ वैशाख २०८१ शुक्रबार
समाज

काठेपुलले भार थेग्न नसक्दा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट धुम्बातर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । आइतबार बिहान भएको दुर्घटनामा चारजना घाईते भएका छन ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर केसीका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनिखोलास्थित जोमसोम–धुम्बा भित्रि कच्चि सडक खण्डमा ट्रक दुर्घटना भएको थियो । उनका अनुसार दुर्घटना हुँदा उक्त ट्रकमा सवार ७ जना मध्ये रामेछापको गोकुलगंगा गाउँपालिका–१ बस्ने वर्ष ३८ को चित्रबहादुर श्रेष्ठ र गोकुलगंगाकै २६ वर्षिया मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घाइते चारजनाको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ ।  

जोमसोमबाट धुम्बा तर्फ जाँदै गरेको ग१ख ६८५२ नम्बरको को ट्रक ठिनि खोलामा रहेको काठको अस्थायी पुल पार गर्ने क्रममा अचानक पुल भाचिन गई उक्त ट्रक खोलामा खसेको उनले बताए । ट्रकले निर्माण सामाग्री बोकेर गएको थियो । अस्थायी र काठको जिर्ण बनेको पुल पार गर्ने क्रममा पुलले भार थेग्न नसक्द पुल नै भाच्चिएको प्रहरीको भनाई छ । 

प्रकाशित: ३ श्रावण २०७८ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App