गण्डकीका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ।
शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ।
एकाएक चलेको हावाहुरीले आइतबार दिउँसो पोखरा सहर केहिबेर अत्तालियो। मान्छे नै हुत्याउने खालको हावाले सडकको धुलो उडाउँदा आकाश पनि धुलाम्य बन्यो। त्यत्ति मात्र नभई फेवातालमा छाल उठ्दा डुंगा सयर गरिरहेका पर्यटक पनि त्यही भूमरीमा परे। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति हुन भने पाएन।
केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पदयात्रा सकेर फर्किनेहरु पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे। तर, अहिले पदयात्रीको पदयात्रा शैली फेरिएको छ।
सर्वोच्च अदालतले ६ महिनाको समय सीमा तोकेर पोखरा फेवाताल संरक्षण गर्न भनेको थियो। तर, उक्त म्याद गुज्रिएको एक हप्ता बित्दासमेत पोखरा महानगरपालिकाले फेवाताल संरक्षण र सौन्दर्यीकरणमा कुनै काम गरेको छैन।
नेपाली नयाँवर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सवमा करिब तीनलाख पाहुना भित्र्याउने आयोजक होटल संघले बताएको छ। आन्तरिक, विदेशी र स्थानीय गरि महोत्सव अवधिमा तीनलाख पाहुना भित्र्याउने आयोजकको भनाई छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अनियमितता गरेको आरोपमा बयान लिएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो।
पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ। साँघुरा डाईभर्सनमा भारी सवारीलाई गुड्न झनै सकस छ। त्यसले गर्दा अहिले पोखरा आउजाउ गर्ने सवारीले राजमार्गमा सकस खेपेका छन । त्यसको मार यात्रुलाई छ।
वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ।
पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थल अहिलेसम्म उडान हुन सकेका छन्।
लोभमा गिरोहसँग बिहे गर्न पुगिन्। नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन्।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीवार सफल प्रत्यारोपण गरिएको हो।
बाक्लो तुँवालोले यतिबेला पोखरा क्षेत्र धुम्मिएको छ। तुँवालोले ढाक्दा पोखरा वरिपरिका डाँडाकाँडा र हिमाली चुचुरा देखिन छाडेका छन्। तुँवालोले गर्दा पोखरा क्षेत्रको भिजिविलिटी पनि घटाएको छ। यत्तिमात्र नभई आँखा पोल्ने, नाक पिरो हुने लगायतका समस्या पनि बढ्न थालेको सर्वसाधारणको गुनासो छ।