४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।

सुख्खा पहिरोले दुईदिनदेखि बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण दुईदिनदेखि अवरुद्ध छ।

पहिरोले पुरिएका चालकको २४ घण्टा पछि शव निकालियो

कालिकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएका एक्स्काभेटर चालकाको २४ घण्टा पछि शव निकालिएको छ।

पहिरोमा च्यापियर डाेजर चालकको मृत्यु

कर्णाली करिडोर अन्तरगत कालेखोको जिरो पोइन्टमा कामगर्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ८ का चालक धिर संज्याल रहेको प्रहरीले जनाएको छ।

हिउँद-वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैं त्रासमा जीवन जिउन बाध्य छन्।

रसुवाका ग्रामीण सडक खुला

वर्षा यामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ। जिल्लाका पाँचै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो।

मनसुनजन्य विपत्बाट सवा १२ अर्बको क्षति

यस वर्ष मनसुनी वर्षाजन्य विपत् कारण १२ अर्ब ३० करोड ५६ लाख रूपैयाँबराबरको क्षति पुगेको छ । त्यसैगरी ९२ जनाको ज्यान गएको छ ।

सम्पर्कमा आए सिक्किममा बेपत्ता भएका पाँच नेपाली

भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्।

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा

गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन्। विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन्।

सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ।

पहिरोका कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा परेका हुन्।

मुस्लो छोड्दै जुरे पहिरोबाट डाँडै खस्यो

नौ वर्ष अघि तीन गाउँ सुलुत्त बगाएर १ सय ४५ को ज्यान लिएको जुरे पहिरोबाट सोमबार फेरि ठुलो सुख्खा पहिरो झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्