२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा च्यापियर डाेजर चालकको मृत्यु

कर्णाली करिडोर अन्तरगत कालेखोको जिरो पोइन्टमा कामगर्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ८ का चालक धिर संज्याल रहेको प्रहरीले जनाएको छ।

काम गर्ने क्रममा माथिबाट पहिरो खस्दा डोजरमै च्यापिएर घटनास्थलमै चालकको मृत्यृ भएको हो।धेरै पहिरो खसेका कारण उद्धार गर्न नसकिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

अहिले कर्णाली करिडोर पूर्णरुपमा बन्द छ।डोजरमा पनी क्षेती पुगेको स्थानीयको भनाइ छ । प्रहरी उद्धारको लागि प्रयास गरेको भएता पनी रात परिसकेकाले अहिले सम्भव नभएको र बिहान मात्र उद्धार गर्न सकिने प्रहरीको भनाइ छ।

प्रकाशित: २४ कार्तिक २०८० १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App