१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

इजरायली आक्रमणमा हिजबुल्लाहका प्रमुख नसरल्लाह मारिए

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतस्थित आफ्नो मुख्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा नसरल्लाह मारिएको शनिवार पुष्टि गरेको हो।

न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार

न्याय परिषद्ले संविधान, कानुनले तोकेको जिम्मेवारी पूरा गर्न नसकिरहेका बेला नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा भाँजो हालेको छ।

कमजोर पूर्वतयारी चर्काे मूल्य

जल तथा मौसम विज्ञान विभागले समयमै भारी वर्षाको सम्भावना र मौसमजन्य विपत्को चेतावनी दिँदा समेत यति धेरै नोक्सानी हुनुले राज्यको विपत् व्यवस्थापन शक्ति र प्रतिकार्य (रेस्पोन्स) क्षमता अत्यन्त कमजोर रहेको प्रस्ट भएको छ।

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका दर्जनभन्दा बढी गाउँ डुबानमा

लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।

तपाईंकाे आजकाे राशिफल

मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ । अरूको सहयोग लिएर नभै कार्य स्वःआरम्भ गर्नुहोला । अध्ययनमा सफलता मिल्ने छ।

कार्यबाहक प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक बोलाइएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ।

क्षतिमा सरकार जिम्मेवार

आखिर नेपालमा पटकपटक यस्ता विपद्का घटना किन हुन्छन् ? किन हामी यी विपद्को सामनामा जहिल्यै विफल हुन्छौं र एक हिसाबले समर्पण गर्न विवश हुन्छौं ? विगतले सिकाएको पाठ हामी किन सिक्न चाहँदैनौं ?

अविरल वर्षाले लुम्बिनीमा कति क्षति ?

शनिवारको झरिका कारण लुम्बिनीमा मानवीय क्षतिका विवरण नआए पनि ठुलो धनजनको क्षति भएको छ । लुम्बिनीमा १२ घर पूर्णरुपमा भत्किएका छन् भने तराई क्षेत्रका सयौं घर डुबान परेकामा छन् ।

भूमि आयोग नबन्दा लालपुर्जा बाँड्न अन्योल

सरकारले खारेज गरेको राष्ट्रिय भूमि आयोग नबन्दा बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलता परेको छ । सत्ता गठबन्धन फेरबदल भएसँगै तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत चैतमा आयोग खारेज गरेको थियो । काँग्रेससँगको गठबन्धनबाट अलग भएर माओवादी अध्यक्ष दाहाल एमालेसहित दलको संयुक्त सरकारको नेतृत्वमा थिए ।

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दै

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार राती क्यानडासँग खेल्दैछ । क्यानडाको किङ्ग्स सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार राती ९ः४५ बजेबाट सुरु हुनेछ।

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार रहन आग्रह गरेका छन् ।

उद्धारका लागि तीन जिल्लामा सेनाको हेलिकप्टर पठाइयो

गृह मन्त्रालयले प्राकृतिक विपद् प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला

महोत्तरीको गौशाला नगरपालिका ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।

अर्जेन्टिनी गोलकिपर मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध

विश्वकप विजेता अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजमाथि दुई खेलको प्रतिबन्ध लागेको अर्जेन्टिनी फुटबल फेडेरेसन एसोसिएसन (एएफए) ले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्