१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

नारायणी नदीको सतहले खतराको तह पार

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन्।

दसैंसम्मै वर्षाको जोग

बिहीबार रातिदेखि काठमाडौंलगायत देशभरि भइरहेको वर्षा आइतारदेखि मात्र हट्दै जाने मौसमविद्हरूले अनुमान गरेका छन्।

तपाईंकाे आजकाे राशिफल

आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कम हुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। अ

सहकारीको धन ‘फुपूको श्राद्ध’

सहकारी ठगी सम्बन्धमा सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले सरकारलाई बुझाएको प्रतिवेदनबाट सरकारी कर्मचारीले सर्वसाधारणको रकममा मस्ती गरेको खुलेको हो।

काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

सार्वजनिक बसमा छुटेको नगद र गहनासहित झोला फिर्ता

सार्वजनिक बसमा एक जना महिलाको छुटेको नगद र गहनासहितको ‘ब्याग’ ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरिदिएको छ ।

२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा

कोसी प्रदेशमा आगामी वर्ष २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने कोसी प्रदेश सरकारले औपचारिक घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोसी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेका हुन् ।

पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सत प्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् ।

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्