१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

कार्य विभाजनका क्रममा नेताहरुको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी सङ्गठन गतिशील बनाउन नेताहरुको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका ईन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।

नेताहरूबीच थप छलफल गरी सङ्गठन सुदृढीकरणमा अनुभव अनुभवी, सक्षम नेताहरुलाई विगतको योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने विषयमा तल्लो तहदेखि नै सुझाव आएको सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

पूर्वपदाधिकारीमा उपाध्यक्षत्रय धनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुसाललाई चुनावमा प्रतिस्पर्धा नगरेकाले वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ । विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पदाधिकारीमा पराजित भएका थिए ।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।महाधिवेशनले पुरानो पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै जिल्ला पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

प्रकाशित: ११ आश्विन २०८१ १९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App