४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बुढासुब्बामा भक्तजनको घुइँचो

बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ।

खानेपानी महशुल वृद्धिविरुद्धको मुद्दामा कारण देखाउ आदेश

धरानका १० राजनीतिक दलहरु र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ) बीच वृद्धि भएको खानेपानीको महशुल घटाउने सहमति भइसकेपनि त्यसअघि नै उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको खुलेको छ।

राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति

विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

बालेनको बाहुबलीवाद

मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्वतन्त्र व्यक्तिहरूलाई पालिका तहमा निर्वाचित गरेका छन्।

रुद्राक्ष बेचेर मासिक ४० हजार कमाउँछन् सन्तोष

धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन्।

धरान उपमहानगरः तीन वटा वडाको मतगणना हुँदा गठबन्धनकै अग्रता

आइतबार राती ८ बजेसम्म ७ हजार ६ मतको गणना सकिदासम्म मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २ हजार ४ सय ५३ मत ल्याएर अग्रता जारी राखेका छन्। स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १ हजार ६ सय ९४ मत ल्याएर राईलाई पछ्याइरहेका छन्। एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १ हजार ५ सय ३८ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिएका छन्।

धरानमा राजनीतिक दललाई स्वतन्त्र उम्मेद्वारको चुनौती

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतगणनाको नतिजा शनिबार सार्वजनिक हुन शुरु भएदेखि नै राजनीतिक दलहरुले सुखद् सन्देश पाएका छैनन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्