विश्वविद्यालयसँग शिक्षा मन्त्रालयको अन्तरक्रियाः शिक्षाको गुणस्तरमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह
विश्वविद्यालयहरूको गुणस्तर सुधार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार पनि अन्तरक्रिया जारी राखेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल भएको छ। अन्तरक्रिया आइतबार सुरु भएको हो ।