१८ असार २०८१ मंगलबार
image/svg+xml

देउवाले बोलाए पदाधिकारी बैठक

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्।

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बिहान ११ बजे बस्ने सो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने संभावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिड्न आग्रह गरेकी छिन्।

आइडाको बैठक असार ४ देखि काठमाडौंमा हुँदै

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक आगामी असार पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री दाहाल–ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो।

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासद्वारा अस्वीकार

टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए।

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने

प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेलाई सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सर्‍यो

दलीय सहमति नजुट्दा प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।

प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरुको माग

सभामुख देवराज घिमिरे एक घण्टादेखि दलका प्रमुख सचेतकहरूसँगको छलफलमा छन्। उक्त छलफलमा प्रतिनिधि सभाको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेको सभामुखको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्